चौरासी पूजाको खर्चबाट आश्रमलाई दुई लाख ६५ हजार सहयोग
वि.सं.२०८३ मंसिर ८ मंगलवार १८:४६
shares

नवलपुर । चौरासी पूजाको खर्चबाट एक महिलाले मानव सेवा आश्रमलाई सहयोग गर्नुभएको छ । गैँडाकोट–१६ अमरापुरीकी श्यामकला सापकोटाले आफ्नो चौरासी पूजाको खर्चबाट रु दुई लाख ६५ हजार मानव सेवा आश्रमलाई सहयोग गरेका हुन् ।
आफ्नो चौरासी पूजाको अवसर पारी श्रीमान्को स्मृतिमा चितवनको भरतपुरमा रहेको मानव सेवा आश्रममा आश्रितको भोजन तथा सेवा व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको उनले बताए । श्यामकलाले आश्रमलाई सहयोग रकम प्रदान गर्नुका साथै आश्रमको आजीवन वार्षिक भोजन सेवा सदस्यता समेत ग्रहण गरेका छन् ।
सापकोटाले प्रदान गरेको आर्थिक सहयोग आश्रममा आश्रित सहयोगापेक्षी आश्रितको नियमित भोजनसेवा तथा आवश्यक सेवा व्यवस्थापनमा उपयोग गरिने आश्रमले जनाएको छ । आजीवन वार्षिक भोजन सेवा सदस्यतामार्फत सापकोटाले आश्रमको सेवा अभियानमा दीर्घकालीन योगदान पु¥याएको आश्रमले जनाएको छ ।
भरतपुरमा रहेको मानवसेवा आश्रमले सरकारी तथा स्थानीय तहको आंशिक सहयोगसँगै देश तथा विदेशमा रहेका परोपकारी मनबाट प्राप्त सहयोगका आधारमा सडकआश्रित मानवको उद्दार, उपचार, संरक्षण र पारीवारिक पुनःमिलनको सेवा सञ्चालन गर्दै आएको छ ।

























