काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काठमाडाैं महानगरमा यस्ताे हुनेछ सार्वजनिक शौचालयको लोगो

14.83K
shares

काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय प्रयोग गर्न दिने होटल, रेष्‍टुरेण्ट तथा बैंकका लागि लोगो सार्वजनिक गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सर्वसाधरणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गर्दै लोगो सार्वजनिक गरेका हुन् ।

‘काठमाडौं महानगरपालिकाले होटल, रेष्टुरेन्ट, बैंक लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ,’ शाहले सामाजिक सञ्जालमार्फत भनेका छन् । शाहको अध्यक्षतामा यही जेठ १६ गते बसेको वडाध्यक्ष सहितको पहिलो बैठकले होटल र रेष्टुरेण्ट शौचालयहरुलाई सार्वजनिक प्रयोगमा ल्याउने निर्णय गरेको थियो ।