काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सांग्रिला डेभलमेन्ट बैंकको साइकल र्‍याली

13.38K
shares

विश्व वातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लि.ले ‘इन्धन बचाउ पृथ्वी बचाउ’, ‘साइकल चलाउ इन्धन बचाउ’जस्ता नाराका साथ साइकल र्‍यालीको आयोजना गरी सम्पन्न गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठबाट साइकल र्‍यालीमा सहभागीहरुलाई इन्धन बचाउन सांग्रिला डेभलपमेन्ट बैंकले चालेका कदमहरुको विषयमा सम्बोधन गरेपछि साइकल र्‍यालीको सुरुवात गरिएको थियो । बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सुरु भई भाटभटेनी, नक्साल, ज्ञानेश्वर, कृष्ण पाउरोटी, पुतलीसडक, शहिदगेट, माइतीघर, भद्रकाली मन्दिर, जमल, दरबार मार्ग, लैनचौर, कालिका टावर हुँदै सांग्रिला डेभलपमेन्ट बैंक बालुवाटारमा पुगेर सम्पन्न भएको थियाे ।

उक्त साइकल र्‍यालीमा बैंकका सस्थापक र सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ, बैंकको उच्च व्यवस्थापन तहका कर्मचारीहरु, विभागीय प्रमुखहरु तथा अन्य कर्मचारीहरुको उपस्थिति थियो ।