प्रभु महालक्ष्मी लाइफको व्यतित बीमालेख नवीकरणमा शतप्रतिशतसम्म ब्याज छुट
वि.सं.२०८३ मंसिर १० बिहीवार १६:५५
shares

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा शतप्रतिशतसम्म ब्याज छुट दिने भएको छ । कम्पनीले बीमितको मागलाई ध्यानमा राख्दै विभिन्न कारणले बीमाशुल्क भुक्तानी गर्न नसकी म्याद नाघेका बीमालेख पुनर्जागरण गर्दा ब्याज छुट दिने योजना सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार २०८३ मंसिर १० गतेदेखि मंसिर २९ गतेसम्म आवश्यक प्रक्रिया पूरा गरी बीमालेख पुनर्जागरण गराउँदा बीमा प्रारम्भ मितिका आधारमा छुट प्रदान गरिनेछ ।
योजनाअनुसार बीमा प्रारम्भ भएको दुई वर्षभित्र व्यतित भएका बीमालेखमा शतप्रतिशत, दुईदेखि तीन वर्षसम्म व्यतित भएका बीमालेखमा ७५ प्रतिशत र तीन वर्षभन्दा बढी अवधि व्यतित भएका बीमालेखमा ५० प्रतिशत ब्याज छुट दिइनेछ । तर, यस योजनाअन्तर्गत पुनर्जागरण गरिएका बीमालेख दुई वर्षभित्र समर्पण (सरेन्डर) गर्न आएमा प्रदान गरिएको विलम्ब शुल्क छुटको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ ।
यसअघि नै विलम्ब शुल्क छुट सुविधा प्राप्त गरिसकेका बीमालेखलाई भने योजनामा समावेश गरिने छैन । त्यस्तै, यस योजनाबाट छुट प्राप्त गर्ने बीमितले पूरा बीमा अवधिभर पुनः ब्याज छुट सुविधा पाउने छैनन् । बीमालेख पुनर्जागरणका लागि अनिवार्य रूपमा आवश्यक अन्डरराइटिङ प्रक्रिया पूरा गर्नुपर्ने कम्पनीले जनाएको छ ।

























