काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल बीमा संघद्वारा नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई बधाई

273
shares

नेपाल बीमक संघले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

संघका तर्फबाट अध्यक्षलाई बधाई दिँदै नेपाल बीमा प्राधिकरणको नेतृत्वमा बीमा क्षेत्रको विकास, विस्तार तथा सर्वव्यापीकरण, बीमा सेवाको पहुँच वृद्धि, बीमितको हित संरक्षण र बीमा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी एवं विश्वसनीय बनाउने विषयमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ।

नेपालको बीमा क्षेत्रको विकासका लागि नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरूबीच आपसी समन्वय, सहकार्य र सहयोगात्मक सम्बन्धलाई थप प्रभावकारी बनाउँदै लैजाने विषयमा समेत विचार आदानप्रदान भएको संघले जनाएको छ।

संघले नवनियुक्त अध्यक्षको सफल कार्यकालको कामना गर्दै उहाँको नेतृत्वमा नेपालको बीमा क्षेत्रले थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेको छ।