गृहपृष्ठ सूर्यज्योति लाइफको ‘एजेन्सी अवार्ड नाइट–२०८३’ सम्पन्न
सूर्यज्योति लाइफको ‘एजेन्सी अवार्ड नाइट–२०८३’ सम्पन्न
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले आयोजना गरेको ‘एजेन्सी अवार्ड नाइट–२०८३’ सम्पन्न भएको छ। कार्यक्रममा देशभरबाट छनोट भएका करिब ३०० जना चिफ एजेन्सी म्यानेजर, स्टार एजेन्सी म्यानेजर, इन्स्योरेन्स एडभाइजर तथा अभिकर्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ।
कार्यक्रममा सहभागीलाई कम्पनीका एजेन्सी ट्रेनिङ एन्ड डेभलपमेन्ट हेड उत्तमप्रसाद आचार्यले स्वागत गरेका थिए।
गत आर्थिक वर्षमा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्नुका साथै कम्पनीको व्यवसाय विस्तारमा योगदान पुर्याउने विभिन्न विधाका एजेन्सी म्यानेजर तथा अभिकर्तालाई कार्यक्रममा ट्रफी, सम्मानपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो।
त्यस्तै, सेल्फ कोड तथा बिडिआई टिम बिजनेसअन्तर्गत उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई ‘सूर्यज्योति ओजस्वी रत्न अवार्ड’ र ‘सूर्यज्योति रत्न अवार्ड’ प्रदान गरी सम्मान गरिएको थियो।
कम्पनीका अनुसार कार्यक्रममा सेल्फ कोड क्वालिफायर्स, एमडिआरटी ग्लोबल कन्फेरेन्स २०२७ क्वालिफायर्स, प्रडक्ट एम्बासडर कन्टेस्ट तथा चेयरम्यान क्लब लगायत विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्तालाई पनि सम्मान गरिएको थियो।
प्रकाशित समय : १३:२७ बजे


















