काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान

1.28K
shares

झापा । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) झापाले रसुवा बाढी प्रभावितको राहतका लागि रु १० लाख सहयोग गरेको छ ।

इक्यान झापाको सामाजिक उत्तरदायित्व (सीएसआर) समितिको पहलमा सदस्य तथा पदाधिकारीबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

सङ्कलित रकमको चेक कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल र जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्कालाई संयुक्त रूपमा हस्तान्तरण गरिएको संस्थाका उपाध्यक्ष अशोक भण्डारीले जानकारी दिए।