काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लागुऔषधसहित नौ जना पक्राउ

273
shares

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित नौ जनालाई नियन्त्रणमा लिएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका–१६ बाट एक, मोरङको बेलबारी नगरपालिका–२ कबिर टोल र बेलबारी नगरपालिका–७ पानी ट्याङ्कीबाट एक–एक, सिराहाको भगवानपुर गाउँपालिका–४ बलान खोलाबाट एक, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कुण्डाबाट एक, बर्दियाको गुलरिया नगरपालिका–११ डल्लापुरबाट एक, झापाको बिर्तामोड नगरपालिका–५ सुर्यदल टोलबाट दुई र स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपधेराबाट एक जना पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूको साथबाट लागुऔषध गाँजा र खैरो हेराइन तथा चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने औषधि ट्रामाडोल, स्पास्पेन, बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगन बरामद गरेको छ ।