गृहपृष्ठ सिटिजन्स बैंकले बोलायो २०औँ साधारण सभा

सिटिजन्स बैंकले बोलायो २०औँ साधारण सभा

सिटिजन्स बैंकले बोलायो २०औँ साधारण सभा

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न २०औँ वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकको साधारण सभा असोज २८ गते बुधबार काठमाडौंको कालिकास्थान, डिल्लीबजारस्थित अमृतभोगमा बिहान ११ बजे बस्नेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ३ दशमलव ८ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव २ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभामा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने तथा लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावमाथि छलफल गरी निर्णय गरिनेछ ।

प्रकाशित समय : १३:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु