माछापुच्छ्रे बैंक लगातार तेस्रो पटक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
वि.सं.२०८३ मंसिर १० बिहीवार १६:२९
shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ‘एक्सिलेन्स इन पीओएस एक्वायरिङ बिजनेस’ विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । पीओएस एक्वायरिङ बिजनेसअन्तर्गत उत्कृष्ट कार्यसम्पादन र योगदानको कदरस्वरूप बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो । यस सम्मानले डिजिटल भुक्तानी सेवामा बैंकले हासिल गरेको उपलब्धिलाई थप उजागर गरेको छ ।
यस अवार्डसँगै माछापुच्छ्रे बैंकले लगातार तेस्रो पटक अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको हो । यसअघि बैंकले सन् २०२४ मा ‘एक्सिलेन्स इन पीओएस एक्वायरिङ बिजनेस’ र सन् २०२३ मा ‘एक्सिलेन्स इन पीओएस एक्वायरिङ एसोसिएट मेम्बर’ अवार्ड प्राप्त गरेको थियो ।
लगातार प्राप्त अन्तर्राष्ट्रिय सम्मानले डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, नवीन प्रविधिको अवलम्बन तथा ग्राहकलाई सहज, सुरक्षित र प्रभावकारी भुक्तानी सेवा प्रदान गर्ने बैंकको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ ।
माछापुच्छ्रे बैंक यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेको छ । बैंकले सन् २०२४ मा आयोजित ‘इनोभेटिभ फाइनान्स इनोभेसन अवार्ड्स’ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट’ विधामा एशियाली बैंकिङ तथा वित्तीय संस्थामध्येबाट सम्मान प्राप्त गरेको थियो ।
त्यस्तै, सन् २०२४ मै आयोजित ‘फोर्थ इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स’ मा ‘बेस्ट पर्फर्मेन्स अन रिस्क म्यानेजमेन्ट’ विधामा समेत बैंक सम्मानित भएको थियो ।

























