काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता

1.2K
shares

ai logo सारांश

  • त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितताको आरोप सार्वजनिक भएको छ ।

स्याङ्जा । स्याङ्जाको सदरमुकामस्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितताको आरोप सार्वजनिक भएको छ ।

स्नातकोत्तर तहको वाणिज्यशास्त्र र शिक्षाशास्त्र संकायको पठनपाठन हुने यस क्याम्पसमा सहायक क्याम्पस प्रमुख शंकरप्रसाद लामिछानेले २०७२ सालदेखि दोहोरो सुबिधा लिँदै आएका छन् ।

उनी अवकाशप्राप्त प्राथमिक तहको स्थायी शिक्षक हुन् । तर, पूर्वमन्त्री गोपालमान श्रेष्ठको दबावमा उपप्राध्यापक पदमा २०७२ सालमा स्थायी नियुक्ति लिई पाठ्यक्रम बिषयको प्राध्यापन पेशामा छन् ।

प्रचलित कानून बमोजिम राज्यकोषबाट दोहोरो सुबिधा लिन पाईँदैन । तर, लामिछानेले दशै खर्च समेत लिदै आएका छन् । राजनीतिक शक्तिको आडमा उनले पदको दुरुपयोगगरि सेवासुविधा लिन नछाडेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा उजुरी दर्ता भएको क्याम्पस प्रमुख अर्जुनबन्धु अर्यालले जानकारी दिएका छन् । अर्यालले छानवीनगरी दोषीलाई कारबाही गर्न अख्तियारको पत्र प्राप्त भएको स्वीकार गर्दै क्याम्पस संचालक समिति समक्ष आफूले जानकारी गराएको बताएका छन् ।

यसैगरी , थेसिस ( शोधपत्र ) लेखनमा विद्यार्थीलाई सहजीकरण गरे बापत प्रति विद्यार्थी १० देखि ५० हजार रुपैयाँसम्म लिने गरेको आरोप लागेको छ । यस बिषयमा क्याम्पस प्रमुख अर्यालको ध्यानाकर्षण गर्दा प्रति विद्यार्थी १० हजार उठाएको स्वीकार गरे ।

तर, विद्यार्थीबाट उठाईएको शोधपत्र बापतको रकमको क्याम्पसमा आम्दानी बाँधिएको छैन । गत आर्थिक बर्षको लेखापरीक्षण गर्ने लेखापरीक्षक अग्निप्रसाद भन्डारीले विद्यार्थीबाट उठाएको रकम क्याम्पसको आम्दानीमा नदेखिएको हुँदा अविलम्ब कोष दाखिला गर्न निर्देशन दिदै कैफियत मा जनाएको बताएका छन् ।

त्रिभुवन बिश्वविद्यालय ऐनले क्याम्पस वा बिश्वविद्यालयमा प्राध्यापन गर्ने प्राध्यापकको न्यूनतम शैक्षिक योग्यता द्वितीय श्रेणीमा पास भएको हुनुपर्छ । तर , उक्त क्याम्पसमा योग्यता नपुगेका शिक्षकले राजनीतिक दबाबमा अर्थात पहुँचका भरमा पढाईरहेका छन् ।

अर्कोतर्फ , स्नातकोत्तर तहमा आफूले पढदै नपढेको बिषय पढाईरहेको पनि खुलेको छ । क्याम्पस प्रमुख अर्यालले जनशक्तिको अभावमा केही बिषय बाध्य भएर चलाउनु परेको बताएका छन् ।

केही सरकारी विद्यालयका शिक्षकले आंशिक शिक्षकका रुपमा पढाईरहेका छन् । तर,उनीहरूका कारण बिहानी सत्रको क्याम्पसको पढाइ र दिउँसोको सामुदायिक विद्यालयको पढाइ प्रभावित हुने गरेकोे छ ।

बिहानैदेखिको भागादौडले थकित हुँदा दिउसोको विद्यालयको पढाइ प्रभावित हुने गरेको छ । क्याम्पसमा भईरहने परीक्षामा गार्ड (परीक्षक) बस्न विद्यालय छाडेर भत्ताको लोभमा शिक्षकहरु क्याम्पस आउने गरेका छन् । नियमनकारी निकायको उपेक्षाका कारण स्याङ्जाका स्कुल – क्याम्पसको पढाइ नराम्ररी प्रभावित हुने गरेको छ ।

क्याम्पस र स्कुलमा पढाए बापत बार्षिक १० लाखभन्दा बढी आयआर्जन गर्ने शिक्षक कर्मचारीले १५ प्रतिशत आयकर राज्यकोषमा दाखिला गर्नुपर्ने हुन्छ । तर,ती शिक्षकबाट आयकर दाखिला गरेकोे देखिँदैन् ।

क्याम्पसमा देखिएको बेथिति र आर्थिक अनियमितताको बारेमा क्याम्पस संचालक समितिका अध्यक्ष तुलसी गिरीको ध्यानाकर्षण गर्दा आफूलाई सबै कुराको जानकारी भएको र छिटै बैठक बसेर निकास निकाल्न प्रयत्न गर्ने बताएका छन् ।