काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ग्लोबल आइएमई बैंकले प्लाटिनम गल्फ २०२६ आयोजना गर्ने 

903
shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा “ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६” प्रतियोगिता हुन गइरहेको छ । बैंकले मंसिर १२ र १३ गते काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा उक्त प्रतियोगिता संचालन गर्न लागेको हो ।

दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताले खेलप्रेमीहरुलाई खेल, प्रकृति र आपसी सद्धावको अनुपम अनुभव हुने विश्वास बैंकले लिएको छ ।  होल इन वानलाई आधुनिक स्कोडा एसयूभी गाडी राखिएको छ । साथै, अन्य विधाबाट विजेतालाई चन्द्रागिरि हिल्स र डिसहोमको विशेष प्याकेज पुरस्कारको व्यवस्था रहेको छ ।

यो प्रतियोगिता आयोजना गर्न आइएमई रेमिट, डिसहोम, चन्द्रागिरि हिल्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, एमएडब्लु तथा बाराहसिंघेको समेत साथ रहेको छ । खेलकुद संस्कृतिको प्रवर्द्धन, आपसी सम्बन्धको विस्तार तथा विभिन्न क्षेत्रका खेलप्रेमी व्यक्तिहरुबीच अर्थपूर्ण सम्बन्ध स्थापित हुने उद्देश्यले बैंकले ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६ आयोजना गर्न लागेको हो ।

आधुनिक प्रविधिको उच्चतम् प्रयोग गरी उत्कृष्ट ग्राहक सेवा प्रदान गरिरहेको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत प्राप्त गरेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गदै आइरहेको छ ।

यसका साथै, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ ।

मधेश प्रदेशमा लैङ्गिक हिंसाका घटना बढ्दो

मधेश प्रदेशमा लैङ्गिक हिंसाका घटना बढ्दो

Nov 26, 2026

जनकपुर । मधेश प्रदेशमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने...

माछापुच्छ्रे बैंक लगातार तेस्रो पटक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

माछापुच्छ्रे बैंक लगातार तेस्रो पटक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

Nov 26, 2026

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ‘एक्सिलेन्स इन पीओएस एक्वायरिङ बिजनेस’...

त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता

त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता

Nov 26, 2026

स्याङ्जा । स्याङ्जाको सदरमुकामस्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितताको...

मकवानपुरको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै बुढीचौर

मकवानपुरको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै बुढीचौर

Nov 26, 2026

बागमती । मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको...

भरतपुरका मुख्य शहरी क्षेत्रमा ट्राफिक बत्ती सञ्चालन

भरतपुरका मुख्य शहरी क्षेत्रमा ट्राफिक बत्ती सञ्चालन

Nov 26, 2026

चितवन । जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा ट्राफिक...

विद्यालय सिकाइ कि यातना केन्द्र ?

विद्यालय सिकाइ कि यातना केन्द्र ?

Nov 26, 2026

ललितपुर - काठमाडौंका सडकमा बिहान ५–६ बजेको झिसमिसेमै पाँच वर्षदेखि...