काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

जीवन बीमामा ४० अर्ब ५४ करोडको व्यापार, नेपाल लाइफ सबैभन्दा अगाडि

624
shares

काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/८३ को भदौसम्म ४० अर्ब ५४ करोड रुपैयाँभन्दा बढी कुल बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार यस अवधिमा कम्पनीहरूले ४ लाख ८३ हजार ६६४ वटा बीमालेख बिक्री गरी उक्त रकम संकलन गरेका हुन्।

जीवन बीमा बजारमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले भदौसम्म १० अर्ब ५८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। यो सूचीमा दोस्रो स्थानमा रहेको नेशनल लाइफले ४ अर्ब ८५ करोड रुपैयाँ संकलन गरेको छ।

त्यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ४१ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दै तेस्रो स्थान हासिल गरेको छ। एलआईसी नेपालले ३ अर्ब ६७ करोड रुपैयाँ र हिमालयन लाइफले ३ अर्ब ५९ करोड रुपैयाँ संकलन गरेका छन्।

अन्य कम्पनीमध्ये सूर्यज्योति लाइफले २ अर्ब ४६ करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब ८२ करोड रुपैयाँ र सिटिजन लाइफले १ अर्ब ६९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

यसैगरी, आइएमई लाइफले १ अर्ब ४८ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ४२ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब २६ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १ अर्ब २७ करोड रुपैयाँ संकलन गरेका छन्।

मेटलाइफले १ अर्ब १९ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दा सन नेपाल लाइफको संकलन ७७ करोड ७२ लाख रुपैयाँ रहेको छ।भदौसम्मको तथ्यांकले जीवन बीमा बजारमा नेपाल लाइफको अग्रता स्पष्ट देखाएको छ। दोस्रो स्थानको नेशनल लाइफ र तेस्रो स्थानको राष्ट्रिय जीवन बीमा कम्पनीले पनि उल्लेख्य बीमाशुल्क संकलन गरेका छन्। यद्यपि, कुल बीमाशुल्क संकलनले मात्रै कम्पनीको नाफा, वित्तीय अवस्था वा समग्र व्यावसायिक सफलता मापन गर्दैन।