काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आईजीआई प्रुडेन्सियल र जनकपुर बोल्ट्सबीच बीमा तथा सहकार्य सम्झौता

429
shares

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज जनकपुर बोल्ट्सबीच खेलाडीको बीमा सुरक्षा र क्रिकेटको विकासमा सहकार्य गर्ने सम्झौता भएको छ।

सम्झौतापत्रमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र जनकपुर बोल्ट्सका महाप्रबन्धक निरोज खतिवडाले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार जनकपुर बोल्ट्ससँग आबद्ध नेपाली खेलाडी, प्रशिक्षक, कर्मचारी तथा पदाधिकारीको खेल अवधिमा आवश्यक बीमा गरिनेछ। साथै, जनकपुर बोल्ट्सले आफ्नो संस्था र त्यससँग आबद्ध व्यक्तिहरूको बीमा पनि आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समार्फत गर्नेछ।

यस सहकार्यबाट खेलाडीको वित्तीय सुरक्षा सुनिश्चित गर्न, उनीहरूको मनोबल बढाउन र नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउन सहयोग पुग्ने दुवै संस्थाको विश्वास छ। सम्झौताअन्तर्गत दुवै पक्षले आ–आफ्नो विशेषज्ञता, पहुँच र स्रोतको उपयोग गर्दै पारस्परिक हितका विभिन्न गतिविधिमा सहकार्य गर्नेछन्।

सम्झौतापछि आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कम्पनीले क्रिकेट, भलिबल, फुटबल तथा फुटसललगायत विभिन्न खेलकुद गतिविधिमा सहभागिता जनाउँदै आएको बताए। खेलकुद क्षेत्रको विकासमा कम्पनीले गर्दै आएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

जनकपुर बोल्ट्ससँग सहकार्य गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै श्रेष्ठले यसले खेलाडीको मनोबल उच्च राख्न र नेपाली क्रिकेटको विकास तथा विस्तारमा योगदान पुर्‍याउन मद्दत गर्ने विश्वास व्यक्त गरे। उनले दुवै संस्थाबीचको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धतासमेत जनाए।

त्यस्तै, जनकपुर बोल्ट्सका महाप्रबन्धक खतिवडाले खेलाडीको विकास र क्रिकेटको प्रवर्द्धनमा सहयोग गरेको भन्दै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित सम्पूर्ण टोलीप्रति आभार व्यक्त गरे।

उनले यस सहकार्यले खेलाडीको मनोबल बढाउनुका साथै क्लबको दीर्घकालीन विकासमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

नेपाली क्रिकेटले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हासिल गर्दै आएको प्रगतिलाई थप प्रोत्साहन गर्ने उद्देश्यले सम्झौता गरिएको दुवै संस्थाले जनाएका छन्।