काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लगानी विस्तारका लागि सरकारी सहयोग आवश्यकः कोष

693
shares

काठमाडौं । नागरिक लगानी कोषले सरकारी संलग्नता रहेका पूर्वाधार आयोजनामा लगानी विस्तारका लागि सहज वातावरण बनाइदिन सरकारसँग आग्रह गरेको छ ।

प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा कोषको अवस्था र भावी कार्ययोजना प्रस्तुत गर्दै कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले माथिल्लो तामाकोशी र न्यादीजस्ता जलविद्युत् आयोजनामा थप लगानी विस्तारका लागि सरकारी पहल आवश्यक रहेको बताए ।

प्रत्यक्ष लगानी सम्भव नभए सरकारले दीर्घकालीन विकास ऋणपत्र जारी गरेर विकास निर्माणमा रकम परिचालन गर्न सक्ने उनको भनाइ छ । कार्यकारी निर्देशक कार्कीले समान प्रकृतिका संस्थाबीचको प्रतिस्पर्धा र संस्थागत निक्षेपको ब्याजदर घट्दा आम्दानीमा गिरावट आएको उल्लेख गरे । उनले तत्काल अन्य क्षेत्रमा लगानी विस्तार गर्न नसक्दा ठूलो रकम कल तथा चालु खातामा रहेको जानकारी दिए ।

प्राविधिक जनशक्तिको अभाव, व्यावसायिक सफ्टवेयर स्तरोन्नतिको आवश्यकता, पुराना अभिलेखको अभाव तथा कानुनी र नीतिगत सुधारलाई उनले चुनौतीका रूपमा प्रस्तुत गरे । कोषले नागरिक पेन्सन योजनामार्फत स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका व्यक्तिलाई समेट्ने, बचत सङ्कलनको दायरा विस्तार गर्ने र सरकारका प्राथमिकताप्राप्त परियोजनामा लगानी विस्तार गर्ने योजना अघि सारेको छ ।

कर्जा विस्तार, सामूहिक लगानी कोष, उपयुक्त संस्थाको इक्विटी तथा पुँजीबजारका नयाँ उपकरणमा लगानी विविधीकरण गर्ने तयारी गरिएको कार्यकारी निर्देशक कार्कीको भनाइ छ ।

बन्दमुखी सामूहिक लगानी कोष सञ्चालनका लागि धितोपत्र बोर्डमा अनुमतिको प्रक्रिया अघि बढाइएको र पोर्टफोलियो व्यवस्थापन सेवा सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए । बुधबारदेखि समितिको बैठकमा नागरिक लगानी कोष ऐन संशोधन गर्न बनेको विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल सुरु भएको थियो ।