काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बाढी प्रभावितको स्वास्थ्य र पोषण सुधारमा अमेरिकाको सहयोग निरन्तर

1.09K
shares

काठमाडौं । संयुक्त राज्य अमेरिकाले बाढी प्रभावित समुदायलाई जीवनरक्षक सहायता उपलब्ध गराउनुका साथै नेपालको स्वास्थ्य सुरक्षा सुदृढ र पोषण सुधारका लागि सहयोग जारी राखेको जनाएको छ ।

यहाँस्थित अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनले आज युनिसेफका एसिया तथा प्रशान्त क्षेत्रीय निर्देशक सञ्जय विजेस्कर र नेपालका लागि युनिसेफकी प्रतिनिधि एलिस अकुङ्गासँग भेट गरी यसबारे छलफल गरेको दूतावासले जनाएको छ ।

भेटमा गत भदौमा भोटेकोशी नदीमा आएको बाढीपछिको पुनः स्थापना, मानवीय सहायता समन्वय तथा स्वास्थ्य र पोषण क्षेत्रमा सहयोग गर्ने विषयमा छलफल भएको थियो ।

अमेरिकाले नेपालको बाढी प्रतिकार्य तथा पुनः स्थापनाका लागि तीन करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यसअन्तर्गत बालबालिका तथा जोखिममा रहेका समूहलाई प्राथमिकतामा राख्दै आपत्कालीन खानेपानी, सरसफाइ तथा स्वच्छता र बाल संरक्षण सेवाका लागि अमेरिकी विदेश मन्त्रालयको विपद् तथा मानवीय प्रतिकार्य कोषबाट युनिसेफलाई २५ लाख अमेरिकी डलर उपलब्ध गराइएको छ ।

अमेरिकाले बाढीबाट सबैभन्दा बढी प्रभावित जिल्लामा खोप सेवा तथा खोप भण्डारण व्यवस्था पुनः स्थापना गर्न एक लाख ७६ हजार अमेरिकी डलर उपलब्ध गराएको छ ।

यसका अतिरिक्त, ‘अमेरिका फस्र्ट’ विश्वव्यापी स्वास्थ्य रणनीतिअन्तर्गत अमेरिकाले मातृ तथा बाल स्वास्थ्य र पोषणमा सुधार ल्याउन युनिसेफमार्फत एक करोड २० लाख अमेरिकी डलर लगानी गरिरहेको छ ।

अमेरिकी सहयोगबाट स्तनपान प्रवर्धन तथा शिशु आहारसम्बन्धी सहायता तथा स्वास्थ्य संस्थाको क्षमता सुदृढीकरणमा सहयोग पुग्नेछ । साथै, नेपालमा आवश्यक भिटामिन तथा खनिजयुक्त पूरक आहारको प्रयोग बढाउन पनि सहयोग गरिने उल्लेख छ ।

कार्यवाहक राजदूत बोल्डिनले बाढीपछिको तत्काल परिचालन गरी प्रभावित समुदायसम्म सहयोग पुर्‍याउन गरेको प्रयास तथा नेपालमा पोषण क्षेत्रमा लामो समयदेखि कायम साझेदारीका लागि युनिसेफलाई धन्यवाद दिएका दूतावासले जनाएको छ ।