काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपाल लाइफको ‘स्टार अवार्ड २०८२–८३’ सम्पन्न, १ हजार ६४ अभिकर्ता सम्मानित

299
shares

ai logo सारांश

  • नेपाल लाइफ इन्स्योरेन्सले देशका सातै प्रदेशमा ‘स्टार अवार्ड २०८२–८३’ कार्यक्रम सम्पन्न गरेको छ।
  • कार्यक्रममा २ हजार ५८१ अभिकर्ता तथा एजेन्सी म्यानेजर सहभागी हुँदा १ हजार ६४ जना उत्कृष्ट प्रदर्शनकर्तालाई सम्मान गरिएको छ।
  • कम्पनीले अभिकर्ताको क्षमता विकास, प्रेरणा र व्यावसायिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका सातै प्रदेशमा सञ्चालन गरेको ‘स्टार अवार्ड २०८२–८३’ कार्यक्रमको श्रृंखला सम्पन्न गरेको छ। उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई सम्मान गर्दै उनीहरूलाई थप व्यावसायिक रूपमा सक्षम र उत्प्रेरित बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार असोज ४ गते इटहरी, असोज ५ गते बर्दिबास, असोज ७ गते बुटवल, असोज ८ गते नारायणगढ, असोज ११ गते काठमाडौं, असोज १२ गते धनगढी, असोज १३ गते सुर्खेत र असोज १५ गते पोखरामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा कुल २ हजार ५८१ उत्कृष्ट अभिकर्ता तथा एजेन्सी म्यानेजरको सहभागिता रहेको थियो। त्यसमध्ये उत्कृष्ट प्रदर्शन गर्ने १ हजार ६४ जनालाई ‘स्टार अवार्ड’बाट सम्मान गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नेसनल सेल्स हेड उमापति पोखरेल, एजेन्सी सर्भिसिङ विभाग प्रमुख सुनिता पोखरेल, सेल्स तथा मोटिभेसन प्रशिक्षक किशुझा, पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओमबहादुर केसी र पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीलगायतको सहभागिता रहेको थियो।

सबै स्थानमा आयोजित कार्यक्रममा मोटिभेसन तथा सेल्स प्रशिक्षक किशुझाले प्रशिक्षण दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अभिकर्ता सञ्जाल कम्पनीको व्यवसाय विस्तार र ग्राहकसँगको सम्बन्ध निर्माणको महत्वपूर्ण आधार रहेको बताए। उनले अभिकर्ताहरूलाई अनुशासन, जिम्मेवारी र व्यावसायिक आचरणलाई केन्द्रमा राखेर काम गर्न आग्रह गरे।

कम्पनीले अभिकर्ताहरूलाई समान अवसर, सम्मान र व्यावसायिक विकासका अवसर प्रदान गर्दै आएको उल्लेख गर्दै उनले बीमा सेवाप्रति आमविश्वास थप बलियो बनाउन सबै पक्षको भूमिका महत्वपूर्ण रहेको बताए।

पराजुलीले हालैका विपद्का घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरे। साथै, विपद्बाट प्रभावित अभिकर्ता तथा बीमितहरूको अवस्था पहिचान गरी आवश्यक सहयोगका लागि पहल भइरहेको जानकारी दिए।

नेपाल लाइफका नेसनल सेल्स हेड उमापति पोखरेलले उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरूलाई बधाई दिँदै आगामी दिनमा अझ बढी प्रतिबद्धता, ऊर्जा र व्यावसायिक सोचका साथ अघि बढ्न प्रेरित गरे। उनले कम्पनीको वृद्धि, ग्राहक सेवा तथा बीमाको पहुँच विस्तारमा अभिकर्ताहरूको निरन्तर योगदान महत्वपूर्ण रहेको बताए।

पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओमबहादुर केसीले अभिकर्तासँग सम्बन्धित ऐन, नियमावली तथा व्यावसायिक सरोकारका विषयमा आवश्यक सुधारका लागि संघले निरन्तर पहल गरिरहेको बताए। उनले सामाजिक सञ्जालमा तथ्यहीन तथा भ्रामक सामग्री सम्प्रेषण नगर्न र आफ्नो व्यावसायिक जिम्मेवारीप्रति सचेत रहन आग्रह गरे।

पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गणेश अधिकारीले सम्मानित अभिकर्ताहरूलाई बधाई दिँदै उनीहरूको योगदानले कम्पनीको व्यावसायिक यात्रालाई थप मजबुत बनाएको बताए। उनले सम्पूर्ण अभिकर्ता एकजुट भएर थप मेहनतका साथ कम्पनीको बजार हिस्सा बढाउन काम गर्नुपर्ने धारणा राखे।

कम्पनीले ‘स्टार अवार्ड’लाई केवल सम्मान कार्यक्रममा सीमित नराखी अभिकर्ताहरूको प्रेरणा, ज्ञान अभिवृद्धि, व्यावसायिक क्षमता विकास तथा अनुभव साझेदारीको प्लेटफर्मका रूपमा समेत सञ्चालन गरेको जनाएको छ।

देशका विभिन्न प्रमुख सहरमा सम्पन्न कार्यक्रममार्फत उत्कृष्ट कार्यसम्पादनको कदर गर्नुका साथै अभिकर्ता सञ्जालसँगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्य रहेको कम्पनीले जनाएको छ।