गृहपृष्ठ युक्रेनकाे दुर्भाग्य आत्मघाती गोल, वेल्स विश्वकपमा छनोट

युक्रेनकाे दुर्भाग्य आत्मघाती गोल, वेल्स विश्वकपमा छनोट

युक्रेनकाे दुर्भाग्य आत्मघाती गोल, वेल्स विश्वकपमा छनोट

वेल्स कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ । यूईएफए छनोट अन्तर्गत आइतबार राति भएको प्ले अफ फाइनलमा युक्रेनलाई १-० गोल अन्तरले हराउँदै वेल्सले विश्वकपको टिकट काटेको हो ।

कार्डिफ सिटी स्टेडियममा वेल्सलाई जित दिलाउन आत्मघाती गोल निर्णायक बन्यो । खेलको ३४औं मिनेटमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले आत्मघाती गोल गरे । वेल्सको जित उक्त गोल निर्णायक बन्यो । वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको हो । यसअघि वेल्स सन् १९५८मा पहिलाेपटक विश्वकपमा छनाेट भएकाे थियाे ।

अब वेल्सले इंग्ल्यान्ड, अमेरिका र इरान सम्मिलित समूह 'बी'मा रहेर विश्वकप खेल्नेछ ।

प्रकाशित समय : १४:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु