काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

१०औँ राष्ट्रिय खेलकुदमा आयोजक कर्णाली पदकविहीन, बागमती शीर्ष स्थानमा

777
shares

सुर्खेत । कर्णाली प्रदेशमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समग्र पदक तालिकामा आयोजक कर्णाली प्रदेश पदकविहीन बनेको छ । प्रतियोगितामा सहभागी अन्य प्रदेश तथा विभागीय टोलीले पदक जितिरहँदा घरेलु मैदानमा प्रतिस्पर्धा गरिरहेको कर्णालीले भने अहिलेसम्म स्वर्ण, रजत र कास्य कुनै पनि पदक जित्न सकेको छैन ।

प्रतियोगिताको समग्र पदक तालिकामा बागमती प्रदेशले अग्रता कायम गरेको छ । बागमतीले १७ स्वर्ण, ११ रजत र १२ कास्य गरी ४० पदक जित्दै पहिलो स्थान हासिल गरेको छ । प्रतियोगितामा स्वर्ण पदकको सङ्ख्याका आधारमा बागमती अन्य टोलीभन्दा अगाडि देखिएको हो ।

सर्वाधिक पदक आर्मीको, स्वर्णमा बागमती अगाडि

पदक तालिकामा एनआरएनए १२ स्वर्ण, चार रजत र चार कास्य गरी २० पदकसहित दोस्रो स्थानमा छ । नेपाल आर्मी क्लबले १० स्वर्ण, १७ रजत र १७ कास्य गरी कुल ४४ पदक जितेको छ । कुल पदक सङ्ख्याका आधारमा आर्मी सबैभन्दा अगाडि रहे पनि स्वर्ण पदकको सङ्ख्याका आधारमा तेस्रो स्थानमा छ ।

नेपाल प्रहरीले आठ स्वर्ण, १५ रजत र १७ कास्य गरी ४० पदक जित्दै चौथो स्थान कायम गरेको छ । त्यस्तै, तीन स्वर्णसहित कोशी प्रदेश पाँचौँ स्थानमा रहँदा दुई स्वर्ण, चार रजत र एक कास्यसहित सुदूरपश्चिम प्रदेश छैटौँ स्थानमा छ ।

एपीएफ क्लब दुई स्वर्णसहित सातौँ स्थानमा रहेको छ । लुम्बिनी प्रदेश दुई रजत र दुई कास्यसहित आठौँ, गण्डकी प्रदेश एक रजत र दुई कास्यसहित नवौँ तथा एक कास्य जितेको मधेश प्रदेश दसौँ स्थानमा रहेका छन् ।

घरेलु मैदानमा कर्णालीको चुनौती

राष्ट्रिय खेलकुदको सहआयोजक रहेको कर्णाली प्रदेशले आफ्नै भूमिमा प्रतियोगिता आयोजना भइरहँदा पनि पदकको खाता खोल्न सकेको छैन । प्रतियोगिताका विभिन्न खेल विधामा प्रतिस्पर्धा भइरहे पनि कर्णालीका खेलाडीले अहिलेसम्म पदक जित्न नसक्दा प्रदेशको खेल प्रदर्शनमाथि प्रश्न उठेको छ ।

राष्ट्रिय स्तरका खेलाडी उत्पादन, नियमित प्रशिक्षण, खेल पूर्वाधार र प्रतिस्पर्धात्मक तयारीका विषयमा कर्णालीले अझै धेरै काम गर्नुपर्ने अवस्थालाई यसले उजागर गरेको छ । प्रतियोगिता जारी रहेकाले बाँकी खेलमा कर्णालीले पदक जित्ने अवसर भने बाँकी नै छ ।

कर्णालीमा पहिलोपटक आयोजना भइरहेको १०औँ राष्ट्रिय खेलकुद प्रदेशको खेल क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसरसमेत हो । तर, प्रतियोगिता आयोजनाको उत्साहसँगै घरेलु टोलीको पदकविहीन अवस्थाले कर्णालीको खेल तयारी र लगानीको प्रभावकारिताबारे बहस सिर्जना गरेको छ ।