काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

ज्योति लाइफ इन्स्योरेन्सले सुरु गर्‍याे ‘गो डिजिटल’ क्याम्पेन

6.41K
shares

ज्योति लाइफ इन्स्योरेन्सले ‘गो डिजिटल’ क्याम्पेन सुरु गरेको छ । इन्स्योरेन्सले आफ्ना अभिकर्ता तथा बीमितहरुलाई प्रविधिको उपयोग बढाउन मद्दत पुर्‍याउने उद्देश्यले उक्त क्याम्पेनको सुरुवात गरेको हो ।

यो क्याम्पेनको पहिलो कार्यक्रम बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यका भित्रका ५० भन्दा बढी एजेन्सी म्यानेजर तथा अभिकर्ताको उपस्थितमा सम्पन्न भएको थियो । कार्यक्रममा कम्पनीका सूचना प्रविधि विभाग प्रमुखले ज्योति लाइफले उपयोगमा ल्याएका स्मार्ट एप, अनलाइनमार्फत बिमाशुल्क भुक्तानी, क्यूआर कोडमार्फत बिमा शुल्क भुक्तानी, अनलाइनबाट नै जीवन बिमा गर्ने तरिका, वैदेशिक रोजगार बिमालेख लिने तरिका, ज्योतिबटको माध्यमबाट आफूलाई आवश्यक परेको जानकारी मोबाइलबाट सजिलै लिन सकिने विषयजस्ता विविध डिजिटल प्रविधिको बारेमा जानकारी दिए ।

त्यस्तै, इन्स्योरेन्सले सहभागीहरुसँग दैनिक जिवनमा आइपर्ने कार्यमा डिजिटल च्यानलको उपयोग सम्बन्धमा अन्तर्क्रियासमेत गरिएको थियो । सोही कार्यक्रममार्फत अभिकर्ताहरुलाई उपयोगी हुने भिडियोसमेत सार्वजनिक गरेको इन्स्योरेन्सले जनाएको छ ।

कम्पनीले यस्ता किसिमका कार्यक्रमहरु क्रमश: प्रादेशिक स्तरमा विस्तार गर्दै प्रविधिको उपयोगमा सबैलाई सहभागी गराउन प्रयास गर्ने योजना बनाएको छ ।