गृहपृष्ठ एकीकृत समाजवादीका नयाँ मन्त्रीले आज सपथ लिँदै
एकीकृत समाजवादीका नयाँ मन्त्रीले आज सपथ लिँदै

आज मन्त्रीमण्डल हेरफेरको तयारी गरिएको छ । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले आफ्नो तर्फबाट मन्त्रीमण्डलमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम सरकारसँग सिफारिस गरिसकेको छ ।
सोहीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल हेरफेर गर्न लागेका हुन् । आज दिउँसो नयाँ मन्त्रीहरूले पद तथा गाेपनियताकाे सपथ लिने गर्ने कार्यक्रम छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानी खापुङ र हीरा केसीलाई मन्त्रीका लागि सिफारिस गरेको थियो ।
शेरबहादुर देउवा नेतृत्वको सरकारमा विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ मन्त्री थिए भने भवानी खापुङ राज्यमन्त्री थिए । उनीहरू गत असोज २२ गते मन्त्री बनेका थिए ।
प्रकाशित समय : १६:३४ बजे