चिसो बढेसँगै मंगल बजारमा न्यानो कपडा किन्नेको चहलपहल
वि.सं.२०८३ मंसिर ७ सोमवार ११:५९
shares

उपत्यकामा चिसो बढ्न थालेसँगै ललितपुरको व्यापारिक केन्द्र मंगल बजारमा जाडोका कपडा किन्ने सर्वसाधारणको चहलपहल बाक्लिएको छ।
बिहानैदेखि साँझसम्मै मंगल बजार र आसपासका गल्लीहरूमा रहेका कपडा पसलहरूमा ग्राहकको भीडभाड देखिन थालेको हाे।

























