काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा ‘किशोरी प्रोजेक्ट’लाई दियो ३० लाख रुपैयाँ सहयाेग

9.84K
shares

स्टाण्डर्ड चार्टर्ड बैंकले ओपन नलेज नेपालको किशोरी प्रोजेक्टलाई ३० लाख ३६ हजार रुपैयाँ सहयोग गरेको छ । सहायता रकम बैंकका कर्पोरेट अफेयर्स ब्राण्ड एण्ड मार्केटिङ प्रमुख प्रनु सिंहले ओपन नलेज नेपालका सीईओ निकेश बलामीलाई हस्तान्तरण गरेकी थिइन् ।

रकम हस्तान्तरण गर्दै सिंहले विभिन्न सीप सिकाउने र समाजमा आवश्यक प्रगति एवं परिवर्तन ल्याउन सहयोग गर्ने लक्ष्य लिएको ओकेएनसँग सहकार्य गर्न पाउँदा बैंक हर्षित भएको बताइन् । यस किशोरी प्रोजेक्टले किशोरावस्थाका युवतीहरुलाई आधारभूत, वित्तीय, डिजिटल र जीवनोपयोगी सीपहरुबाट प्रोत्साहित, सशक्त एवं सुसज्जित गर्ने लक्ष्य राखेको छ ।

परियोजना ७ वटै प्रदेशका १० सामुदायिक कलेजमा १०० भन्दा बढी उच्च शिक्षा अध्ययन गरिरहेका युवतीका लागि लक्षित रहनेछ भने यसको कार्यान्वयन पक्षमा शेक्वेल फाउण्डेसनले जिम्मा लिएको बैंकले जनाएको छ ।