nmb bank

गृहपृष्ठ आइओसीकाे नयाँ मूल्यसूची: निगमलाई १५ दिनमा ३ अर्ब ७ करोड घाटा हुने

आइओसीकाे नयाँ मूल्यसूची: निगमलाई १५ दिनमा ३ अर्ब ७ करोड घाटा हुने

आइओसीकाे नयाँ मूल्यसूची: निगमलाई १५ दिनमा ३ अर्ब ७ करोड घाटा हुने

भारतले इन्धनको नयाँ मूल्यसूची पठाएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी)ले नेपाल आयल निगमलाई बुधबार पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलको मूल्य बढेको छ भने डिजेलको घटेको छ ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ २१ पैसाले मूल्य बढेर आएको छ । यस्तै मट्टितेलमा प्रतिलिटर पनि ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने घटेको छ । ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ मूल्य घट्दा हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर नयाँ मूल्य आएको छ । यस्तै डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेर आएको छ ।

नयाँ मूल्यअनुसार पनि निगमलाई पेट्रोलमा २२ रुपैयाँ ९३ पैसा घाटा रहेको निगमले जनाएको छ । तर, नेपाल सरकारले यसअघि लिँदै आएको १० रुपैयाँ पूर्वाधार निर्माण कर घटाउने निर्णय गरेको छ । अब निगमले नयाँ मूल्य तोक्ने छ । भारतबाट बढेर आएको मूल्य र सरकारले छुट दिएको करसमेत समायोजन गरेर निगमले इन्धनको नयाँ मूल्य तोक्ने छ ।

समग्रमा हेर्दा १५ दिनमा निगमलाई ३ अर्ब ७ करोड रूपैयाँ घाटा हुने भएकाे छ । निगमले हाल आइओसीलाई पुरानाे करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

मूल्य सूची :

प्रकाशित समय : ०२:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु