काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आन्तरिक पर्यटकको रोजाइमा पर्दै गुठीचौर

525
shares

जुम्ला। गुठीचौर गाउँपालिका–२ मा रहेको गुठीचौर पछिल्लो समयमा आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकास भएको छ ।

पर्यटकीय सम्भावना बोकेको गुठीचौर आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको वडाध्यक्ष दीपबहादुर ऐडीले जानकारी दिए । हिउँदमा यहाँ चिसो भए पनि गुठीचौर अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटन आउने गरेका छन् । विशेषरी सार्वजनिक बिदामा आन्तरिक पर्यटनको चाप बढ्ने गरेको स्थानीयले जानकारी दिएका छन् ।

स्थानीय वातावरणसँग रमाउने र मनोरम दृश्यावलोकनका लागि पर्यटन आकर्षित भएको वडाध्यक्ष ऐडीको भनाइ छ । स्थानीय सरकारले यसको प्रचारप्रसार गर्ने, पर्यटकीय गतिविधि सञ्चालन, पर्यटन प्रवद्र्धनलगायत गतिविधिलाई महत्व दिएको स्थानीय दीपक बोहोराले बताए ।

सदरमुकाम खलङ्गाबाट त्यहाँसम्म पुग्नका लागि सडक विस्तार भएको छ । यसलाई थप स्तरवृद्धि गर्दै जाने योजना रहेको गुठीचौर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिए ।

पर्यटकीय गतिविधि बढेपछि व्यापार–व्यवसायमा वृद्धि भएको तथा स्थानीयस्तरमा आर्थिक उन्नयन भएको छ । स्थानीयस्तरमा रोजगारी सिर्जना तथा आर्थिक गतिविधि बढ्दै जाँदा सकारात्मक सन्देश प्रवाह भएको छ ।