काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अस्ट्रेलियाको खुद्रा अपराधको केन्द्र बन्यो भिक्टोरिया, पसलहरूमा दैनिक १४ वटा हिंसात्मक घटना

1.01K
shares

मेलबर्न । अस्ट्रेलियाको भिक्टोरिया राज्यलाई खुद्रा व्यापार क्षेत्रमा हुने अपराध र हिंसात्मक घटनाको प्रमुख केन्द्रका रूपमा चित्रण गरिएको छ । सुपरमार्केट तथा खुद्रा व्यवसायमा चोरी, धम्की, दुव्र्यवहार र कर्मचारीमाथि हुने आक्रमणका घटना बढ्दै गएपछि व्यवसायीहरूले सुरक्षा व्यवस्थामा सुधार गर्न सरकारसँग माग गरेका छन् ।

अस्ट्रेलियन रिटेल काउन्सिलका अनुसार भिक्टोरियाका खुद्रा पसल तथा व्यापारिक क्षेत्रमा सन् २०२६ को जुनसम्मको १२ महिनामा कुल ९६ हजार ८ वटा आपराधिक घटना दर्ता भएका छन् । तीमध्ये ५ हजार १२० वटा कुटपिट तथा आक्रमणसम्बन्धी घटना रहेका छन् । यसको अर्थ खुद्रा व्यापारिक क्षेत्रमा दैनिक औसत १४ वटा आक्रमणका घटना हुने गरेका छन् ।

अस्ट्रेलियाका प्रमुख सुपरमार्केटमध्ये वुलवथ्र्सले सन् २०२६ मा आफ्ना भिक्टोरियास्थित स्टोरहरूमा कर्मचारीमाथि हिंसा तथा आक्रामकतासम्बन्धी करिब दुई हजार घटना भएको जनाएको छ । कम्पनीका अनुसार सन् २०२० को तुलनामा यस्ता घटना ४६० प्रतिशतले बढेका छन् ।