काठमाडौँ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो ६०, आलु रातो (लाम्चो) प्रतिकिलो ५५, आलु रातो (गोलो) प्रतिकिलो ५५, आलु रातो (भारतीय) प्रतिकिलो ४०, आलु सेतो प्रतिकिलो ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो ९०, गाजर (लोकल) प्रतिकिलो ९०, गाजर (तराई) प्रतिकिलो ६०, बन्दा (लोकल) प्रतिकिलो ३०, काउली (स्थानीय) प्रतिकिलो ५०, काउली (तराई) प्रतिकिलो ४०, मूला रातो प्रतिकिलो ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ४०, भन्टा डल्लो प्रतिकिलो ५०, तने बोडी प्रतिकिलो १०० र मकै बोडी प्रतिकिलो ७० कायम गरिएको छ ।
यसैगरी, मटरकोसा प्रतिकिलो १४०, घिउ सिमी (लोकल) प्रतिकिलो १३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १३०, घिउ सिमी (राजमा) प्रतिकिलो १३०, टाटे सिमी प्रतिकिलो रु १००, तितो करेला प्रतिकिलो १००, लौका प्रतिकिलो १००, परबर (लोकल) प्रतिकिलो १००, परबर (तराई) प्रतिकिलो १३०, चिचिण्डो प्रतिकिलो ४०, घिरौँला प्रतिकिलो १००, झिगुनी प्रतिकिलो ९०, फसी पाकेको प्रतिकेजी ७०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४० र भिण्डी प्रतिकिलो १२० कायम गरिएको छ ।