एनआइसी एशिया बैंकद्वारा घातक रोगको बिमाबापत १० लाख बिमा रकम भुक्तानी
वि.सं.२०७९ जेठ १९ बिहीवार ०१:५७
shares

एनआइसी एशिया बैंकले 'न्यू प्रिमियम सुपर चामत्कारिक बचत खाता योजना'अन्तर्गत खाता खोलेका ग्राहकलाई बिमा रकम भुक्तानी गरेको छ । बैंकको कपिलवस्तुस्थित तौलिहवा शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’को खाता खोलेकी गुजराती राइदासलाई घातक रोगको बिमाबापत १० लाख बिमा रकम भुक्तानी गरेको हाे ।
यसअनुसार खातावालाको घातक रोगको उपचारको क्रममा मृत्यु भएपछि निजको बिमाबापतको १० लाख रकम निजको परिवारलाई भुक्तानी गरिएको हो । निजको पति भगौती प्रसाद राइदासलाई बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्कीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । लाभदायीलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बिमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ ।
यस बैंकको बचत खातामा उपलब्ध बिमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका ९३८ जनाभन्दा बढी ग्राहकले घातक रोग बिमाबापत १ करोड ८० लाख, दुर्घटना बिमाबापत ३ करोड र मेडिकल बिमाबापत २ करोड ६१ लाख गरी कुल ४ करोड ७१ लाख भन्दा बढी बिमा रकम प्राप्त गरिसकेका छन् ।
























