global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ एन्फा निर्वाचन : अध्यक्षका उम्मेदवार शेर्पाको प्यानल घोषणा

एन्फा निर्वाचन : अध्यक्षका उम्मेदवार शेर्पाको प्यानल घोषणा

एन्फा निर्वाचन : अध्यक्षका उम्मेदवार शेर्पाको प्यानल घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले उम्मेदवारी घोषणा गरेका छन् । ६ असारमा एन्फाको निर्वाचन हुने कार्यतालिका तय भएको छ ।

अध्यक्षका रूपमा चार वर्ष नेपाली फुटबलको सर्वोच्च निकायको नेतृत्व गर्दा सुरु गरेका बाँकी काम पूरा गर्न थप एक कार्यकाल निरन्तरता दिने उद्देश्यले उम्मेदवारी घोषणा गरेको अध्यक्ष शेर्पाले सोमबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिए ।

यसअघि वर्तमान वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् । 

वर्तमान अध्यक्ष शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुलीको उम्मेदवारी घोषणा भएको छ । 

यसैगरी, उपाध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष उपेन्द्रमान सिंहलगायत सदस्यहरू दीर्घबहादुर केसी र रत्नकुमार श्रेष्ठको उम्मेदवारी टुंगो लागेको छ ।

शेर्पाको उम्मेदवारी घोषणा कार्यक्रममा एन्फा उपाध्यक्ष सिंह, महासचिव इन्द्रमान तुलाधर, कार्यसमितिका सदस्यहरु रत्नकुमार श्रेष्ठ, दीर्घबहादुर केसी, मधुसूदन उपाध्याय, पूर्णमान चित्रकार, प्रदेशसिंह राठोरलगायत उपस्थित थिए ।

यसैगरी पूर्वराष्ट्रिय खेलाडी धीरेन्द्र प्रधान, विष्णुगोपाल श्रेष्ठ, राजेश मानन्धर, बालगोपाल महर्जन, राजेश मास्के, हरि खड्का, हरिओम श्रेष्ठ र एन्फाका केही कर्मचारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य इन्दिरा निरौला र रेणु श्रेष्ठ पनि सहभागी थिए ।

शेर्पा पक्ष र नेम्वाङ पक्षको उम्मेदवारी घोषणा कार्यक्रममा कतिपय अनुहार भने दोहोरिएको देखिन्थ्यो । केही क्लब र जिल्ला संघका प्रतिनिधि दुवै पक्षको कार्यक्रममा ऐक्यबद्धता जनाउन उपस्थित भएको देखिएको थियो ।

उम्मेदवारी घोषणा कार्यक्रममा शेर्पा पक्षबाट विगतको चार वर्षमा गरेका कामको उल्लेख गर्दै ‘नेपाली फुटबलमा, संस्थागत विकासका लागि निरन्तर परिवर्तन, आर्थिक सबलीकरण र व्यावसायिकता हाम्रो अभियान’ नामक पुस्तिका सार्वजनिक गरिएको थियो । 
 

प्रकाशित समय : २०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु