गृहपृष्ठ गठबन्धन प्रदेश र संघीय संसद्को निर्वाचनसम्म जान्छ : रामचन्द्र पौडेल
गठबन्धन प्रदेश र संघीय संसद्को निर्वाचनसम्म जान्छ : रामचन्द्र पौडेल
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनले प्रदेश र संघीय संसद्को निर्वाचनसम्मै निरन्तरता पाउने बताएका छन् । संविधान र मुलुक बचाएर समृद्ध नेपाल बनाउन गठबन्धन आवश्यक भएको भन्दै उनले गठबन्धलाई दुई तहकै निर्वाचनसम्मै लगिने बताए ।
तनहुँको व्यास नगरपालिको विजय र्यालीपछि सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले राजनीति र अहिलेको व्यवस्थालाई स्थायित्व दिएर मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन गठबन्धन अनिवार्य रहेको तर्क गरे । सोही अवसरमा उनले व्याससहित तनहुँवासीलाई धन्यवाद ज्ञापन पनि गरे ।
‘व्यास नगरवासी र तनहुँवासीले मुलुक बचाउने, संविधान बचाउने र नेपाललाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउने अभियानमा कांग्रेसलाई जिताएर सहयोग गर्नुभएको छ । म आभार व्यक्त गर्दै धन्यवाद ज्ञपान गर्न चाहन्छु,’ पौडेलले भने ।
प्रकाशित समय : २०:२५ बजे


















