गृहपृष्ठ चट्याङ लागेर महिलाको मृत्य
चट्याङ लागेर महिलाको मृत्य
उदयपुर जिल्लाको कटारी नगरपालिका-११ गोठडाँडामा आइतबार दिउँसो वर्षासँगै परेको चट्याङबाट एक महिलाको मृत्यु भएको छ । कटारी इलाका प्रहरी कार्यलयका अनुसार चट्याङ लागेर गोठडाँडा बस्ने वर्ष ४५ को भक्तकुमारी बुढाथोकी मृत्यु भएको हो ।
आइतबार दिउँसो हावाहुरी र वर्षासहित चट्याङ खस्दा घरको दलानमा बसिरहेकी बुढाथोकी सख्त घाइते भएकी थिइन् । उनलाई उपचारका लागि तत्काल कटारी अस्पताल लगेर उपचार गर्ने क्रममा बेलुकी साँझ मृत्यु भएको डीएसपी मानबहादुर राईले बताए ।
प्रकाशित समय : २०:०२ बजे


















