गृहपृष्ठ शाओमीको तीन नयाँ इको-सिस्टम उत्पादन नेपाली बजारमा

शाओमीको तीन नयाँ इको-सिस्टम उत्पादन नेपाली बजारमा

शाओमीको तीन नयाँ इको-सिस्टम उत्पादन नेपाली बजारमा

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले ‘शाओमी एस् १ एक्टिभ’, ‘रेड मि स्मार्ट ब्यान्ड प्रो’ र ‘मि होम सेक्युरिटी क्यामरा ३६०’ नेपाली बजारमा ल्याएको छ । शाओमीको स्मार्ट अप्लाएन्स सेग्मेन्टअन्तर्गतको होम सेक्युरिटी क्यामरा घरको सुरक्षाको निम्ति हो भने बाँकी दुई स्मार्ट वाचहरु हुन् ।

यी उत्पादनहरुको सार्वजनिक कार्यक्रममा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित पंडाले सँधै सर्वोत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट डिजाइनयुक्त डिभाइसहरु उपभोक्तामाझ ल्याउन कम्पनी प्रयासरत रहेको बताए । उनले भने, ‘हामी चाहन्छौँ कि हाम्रा उपभोक्ताहरुको लागि दैनिक जीवनमा अत्यन्त काम लाग्ने व्यावहारिक, राम्रो पर्फर्मेन्स भएको र उपयोगी फिचरहरु भएको उत्पादनहरु दिन सकौँ ।’

शाओमी एस् वान एक्टिभ फिट्नेसमा रुचि राख्ने व्यक्तिहरुको लागि उपयोगी लेटेस्ट र स्टाइलिश स्मार्ट वाच भएको उनले बताए । ‘यसमा १. ४३ इन्चको हाइ रेजोल्युसन एमोलेड डिस्प्ले र ६० हर्जको हाइ रिफ्रेस स्क्रिन रहेको छ । यसले चौबिसै घण्टा मुटुको चाल रेकर्ड गर्नुको साथै अन्य ११७ वटा फिट्नेस मोडहरु पनि रहेको छ,’ स्मार्ट वाचबारे उनले जानकारी दिए । उनका अनुसार नर्मल मोडमा १२ दिन र ब्याट्री सेभर मोडमा २४ दिन टिक्ने यो स्मार्ट वाच वाटर प्रुफ पनि छ । खेलप्रेमीहरुको लागि विषेष रुपमा डिजाइन गरिएको यो स्मार्ट वाच हलुका हुनुको साथै यसमा भएको डुअल ब्यान्ड जीपीएसले मल्टिपल स्याटेलाइट नेभिगेसन सिस्टम सपोर्ट गर्छ । जसले गर्दा ठेगानाहरु छिटो र सही रुपमा ट्रयाक हुन्छ ।

यस्तै रेड्मी स्मार्ट ब्यान्ड प्रो पनि १.४७ इन्चको फुल एमोलेड डिस्प्लेसहित उपलब्ध छ । जसले रगतमा भएको अक्सिजन लेभल जाँच्नुको साथै चौबिसै घण्टा मुटूको चाल पनि रेकर्ड गर्छ । वाटर रेसिस्टन्ट यो स्मार्ट वाचमा ११० भन्दा बढी वर्क आउट मोड छन् ।

कम्पनीका अनुसार मि होम सेक्युरिटी क्यामरा ३६० बाट मधुरो उज्यालोमा पनि फुल कलर प्यालेट देख्न सकिन्छ । यि क्यामराहरुले ३६० एंगलबाटै मोसन डिटेक्ट गर्दै तुरुन्तै अलार्म पठाउँछन्, जसले गर्दा घरमा कोही प्रवेश गर्न लागेको जानकारी पहिला नै पाइन्छ । साथै यसमा भएको टु वे अडियो टक ब्याक फिचरले गर्दा जहाँबाट पनि आफ्नो परिवारसँग कुरा गर्न सकिन्छ । यसमा ३२ जीबी सम्मको स्टोरेज छ र यसलाई घरको जुनसुकै कुनामा सजिलैसँग फिट गर्न सकिन्छ ।

शाओमी एस् वान एक्टिभ स्मार्ट वाचको मूल्य नेपाली रुपैयाँ २२ हजार ९९९ रहेको छ भने रेड मि स्मार्ट ब्याण्ड प्रोको मूल्य ६ हजार १९९ रुपैयाँ रहेको छ । त्यस्तै मी होम सेक्युरिटी क्यामरा ३६० को मूल्य ४ हजार ४९९ रूपैयाँ रहेको छ र यी तीनवटै उत्पादनहरु मी नेपालको सम्पूर्ण आधिकारिक स्टोरहरुमा उपलब्ध छन् ।

प्रकाशित समय : १९:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु