global ime bank Long Banner Ad

गृहपृष्ठ जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला आयोजना हुँदै

जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला आयोजना हुँदै

जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला आयोजना हुँदै

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा यही वैशाख १५ देखि जेठ ८ गतेसम्म जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला २०७९ आयोजना हुने भएको छ ।

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न विदेशी जुत्ता चप्पलको आयातलाई प्रतिस्थापन गरी वस्तु उत्पादनका क्षेत्रमा देशलाई आत्म निर्भर बनाउन तथा स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनको लागि मेला हुने भएको हो । फुटवेयरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनको लागि तथा जुत्ता चप्पल व्यापार प्रवर्द्धन गर्नको लागि मेलाको आयोजना गर्न लागेको जानकारी दिएको हो ।

फुटवेयरमा अध्यक्ष नानीराज घिमिरेका अनुसार अहिले बजार बैंकिङ तरलता अभाव तथा अर्थतन्त्रमा नै संकट देखिएकाले अर्थतन्त्र सुधार गर्न सहयोग पुग्ने अपेक्षाले व्यापार मेलाको आयोजना गरिएको छ । एशोसिएनका उपाध्यक्ष रुद्र प्रसाद न्योपानेले स्वदेशी उत्पादनका बारेमा आम उपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादनका बारेमा जानकारी दिनको लागि मेला आयोजना गर्न लागेको बताए ।

उक्त मेलामा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजनय वस्तुहरु लेडिज जेन्स बच्चा सबैलाई समेट्ने गरी गर्मी सिजन, बिहे पार्टीका लागि लक्षित उत्पादनहरु रहने आयोजकले जनाएको छ । मेलामा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरू र स्वदेशी तयार गरिएका जुत्ता चप्पल महिला, पुरुष र बालबालिका सबैलाई ५० प्रतिशत छुटका साथ पाइने आयोजकले जानकारी दिएको छ ।

आयोजका अनुसार मेलामा बेस ग्लोबल प्रालि, बेस फुटवेयर इण्डस्ट्रिज, शिखर शुज इण्डस्ट्रिज, कोशेली छाला जुत्ता उद्योग, लालीगुराँस फुटवेयर, रोयल फुटवेयर इण्डस्ट्रिज, शुभकामाना फुटवेयर प्रोडक्ट नेपाल, पवित्र शुज इण्डस्ट्रिज, रन शुज इण्डस्ट्रिज कम्पनीको सहभागिता रहेको छ । त्यस्तै स्मार्ट सुज, वान वर्ल्ड फुटवेयर, सुरभी पोलीमर्स, सम्राट शुज, नमस्ते फुटवेयर, ओएशिस फुटवेयर, किरण शुज म्यानुफ्याक्चर्स, बोस सुज, फुटस्टेप सुज र नियासा सुजको उपस्थितिगरी १९ कम्पनीको सहभागिता मेलामा रहेको छ । २ लाख ५० हजारभन्दा बढी स्वदेशी तथा विदेशी आगन्तुकले भ्रमण गर्ने अनुमान फुटवेयरले गरेको छ ।

प्रकाशित समय : १८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु