nmb bank

गृहपृष्ठ विप्लवकाे कारबाही : धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश वली पदमुक्त

विप्लवकाे कारबाही : धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश वली पदमुक्त

विप्लवकाे कारबाही : धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश वली पदमुक्त

नेकपाका महासचिव नेत्र विक्रम चन्द 'विप्लव'ले पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश वली (सुदर्शन)लाई कारबाही गरेका छन् । पार्टीमा फुटपरस्त गतिविधि चलाएको भन्दै विप्लवले बुधबार विज्ञप्ति जारी गर्दै दुवै जनालाई पदमुक्त गरिएकाे जनाएका हुन् ।

शान्तिपूर्ण राजनीतिको मुलधारमा आएसँगै विप्लव नेतृत्वको नेकपामा विवाद सुरु भएको थियो । पछिल्लो समय निर्वाचनमा सहभागी हुने/नहुने विषयमा दुवै पक्षबीच अन्तरसंघर्ष चर्किएपछि विभाजनको अवस्थामा नेकपा थियो । महासचिव विप्लवले स्थानीय तहको निर्वाचनमा सहभागी हुने मत राखेपछि बास्तोला र सुदर्शनले विरोध जनाएका थिए । कतिपय स्थानमा उम्मेद्वारी दिएका नेता कार्यकर्तालाई समेत मनोनयन फिर्ता लिन उनीहरुले विज्ञप्तिमार्फत अनुरोध गरेका थिए ।

विप्लवद्वारा जारी विज्ञप्ति :

प्रकाशित समय : १७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु