गृहपृष्ठ महालक्ष्मी विकास बैंककाे नेपालगञ्ज शाखा स्थानान्तरण
महालक्ष्मी विकास बैंककाे नेपालगञ्ज शाखा स्थानान्तरण

महालक्ष्मी विकास बैंकको नेपालगञ्ज शाखा नेपालगञ्ज उपनगरपालिका-१२ सुर्खेत रोडबाट वडा नम्बर-२, पुष्पलाल चोकमा स्थानान्तरण भएको छ । वैशाख १३ गते मंगलबार आयाजित एक विशेष कार्यक्रमका बLच उक्त शाखाको उद्घाटन संयुक्त रुपमा नेपाल राष्ट्र बैंक, नेपालगञ्ज शाखाका कार्यालय प्रमुख निभा श्रेष्ठ र यस बैंकका सञ्चालक दिपक रौनियरले गरे ।
शाखाको उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । यस शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायत वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान हुने शाखाका प्रबन्धक कोमल बिष्टले प्रतिवद्धता जनाए ।
प्रकाशित समय : ०१:०१ बजे