global ime bank Long Banner Ad

गृहपृष्ठ महालक्ष्मी विकास बैंककाे नेपालगञ्ज शाखा स्थानान्तरण

महालक्ष्मी विकास बैंककाे नेपालगञ्ज शाखा स्थानान्तरण

महालक्ष्मी विकास बैंककाे नेपालगञ्ज शाखा स्थानान्तरण

महालक्ष्मी विकास बैंकको नेपालगञ्ज शाखा नेपालगञ्ज उपनगरपालिका-१२ सुर्खेत रोडबाट वडा नम्बर-२, पुष्पलाल चोकमा स्थानान्तरण भएको छ । वैशाख १३ गते मंगलबार आयाजित एक विशेष कार्यक्रमका बLच उक्त शाखाको उद्घाटन संयुक्त रुपमा नेपाल राष्ट्र बैंक, नेपालगञ्ज शाखाका कार्यालय प्रमुख निभा श्रेष्ठ र यस बैंकका सञ्चालक दिपक रौनियरले गरे ।

शाखाको उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । यस शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायत वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान हुने शाखाका प्रबन्धक कोमल बिष्टले प्रतिवद्धता जनाए ।

प्रकाशित समय : ०१:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु