गृहपृष्ठ देउवाको गृहजिल्लामा ‘कांग्रेसी कलह’ : पूर्वसभापति मल्ल पार्टीबाट निष्कासित
देउवाको गृहजिल्लामा ‘कांग्रेसी कलह’ : पूर्वसभापति मल्ल पार्टीबाट निष्कासित

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ल कारबाही परेका छन् । नेपाली कांग्रेसले उनलाई पार्टीविरोधी गतिविधि गरेको आरोपमा कारबाही गरेको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले मल्लमाथि कारबाही भएको जानकारी दिएका छन् । पाैडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ ।' कांग्रेसबाट असन्तुष्ट मल्लले डडेलधुरामा नेकपा एमालेसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेका छन् । उनको समूहले नेपाली कांग्रेस बीपी पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएको हो ।
विज्ञप्ति :
प्रकाशित समय : ००:३२ बजे