global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ देशभर १ लाख ४७ हजार २७४ जनाको उम्मेदवारी दर्ता

देशभर १ लाख ४७ हजार २७४ जनाको उम्मेदवारी दर्ता

देशभर १ लाख ४७ हजार २७४ जनाको उम्मेदवारी दर्ता

स्थानीय तह निर्वाचनका लागि १ लाख ४७ हजार २ सय ७४ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार दिउँसो साढे ३ बजे गरेको अपडेट अनुसार सो संख्यामा उम्मेदवारी दर्ता भएको हो ।

प्रमुख पदमा ३ हजार ४३० जनाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै, अध्यक्ष पदमा ३ हजार ३ सय ६३ जनाको उम्मेदवारी दर्ता भएको छ । उपाध्यक्षमा २ हजार ३८२ जना, वडाध्यक्षमा ३४ हजार ३५७, महिला सदस्यमा २५ हजार ३४५, दलित महिला सदस्यमा २२ हजार ८९९ र सदस्यमा ५३ हजार ४०१ जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन आयोगले सोमबार र मंगलबारका लागि उम्मेदवारी दर्ताका लागि मिति तोकेको थियो । यही वैशाख ३० गते स्थानीय तहकाे निर्वाचन हुँदैछ ।

प्रकाशित समय : ००:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु