गृहपृष्ठ लुम्बिनी विकास बैंक र इजीलिंक रेमिट्यान्सबीच विप्रेषण सम्झौता
लुम्बिनी विकास बैंक र इजीलिंक रेमिट्यान्सबीच विप्रेषण सम्झौता
लुम्बिनी विकास बैंक र इजीलिंक रेमिट्यान्स प्रालिबीच विप्रेषण कारोबारसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र इजीलिंकका प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्यालले हस्ताक्षर गरे ।
सम्झौताअनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकहरुले इजीलिंक रेमिट्यान्सको नेपाल अधिराज्यभरका सम्पूर्ण एजेन्सीमार्फत भुक्तानी लिन सक्नेछन् । यसका साथै स्वदेश तथा विदेशबाट इजीलिंक रेमिट्यान्समार्फत पठाएको पैसा ग्राहकहरूले, लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने विभिन्न शाखा कार्यालयबाट भुक्तानी लिन सक्नेछन् ।
यस सम्झौताबाट आफ्ना ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास छ । ‘निरन्तर सहयात्रा’भन्ने नाराका साथ बैंकले देशभर ६९ शाखा र १७ वटा एटीएमका साथै विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधा र ABBS, Mobile Banking, ATM, Locker लगायतका बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण एवं परिमार्जन गर्दै आफ्ना करिब २ लाख ७० हजार ग्राहकलाई सरल एवं सुरक्षित बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय : २२:५२ बजे