global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ कोशी दुर्घटनामा मृत्यु भएकाको सनाखत

कोशी दुर्घटनामा मृत्यु भएकाको सनाखत

कोशी दुर्घटनामा मृत्यु भएकाको सनाखत

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कटानमा गए राति भएको सवारी दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ ।

मृत्यु हुनेमा सबै भारतीय रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । धरानबाट घुमफिर गरी घर फर्कने क्रममा उनीहरु सवार बि आर ०६ पी बी ६४१८ नं को बोलेरो अनियन्त्रित भई दुर्घटना भएको थियो । कोशी कटानमा रहेको सिपेज पानीमा बोलेरो खस्दा तीन जनाको घटनास्थलमै तथा अन्य तीनको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत बिहार मधुवनीका सञ्जीवकुमार पौदार, सुपौलका पाँच वर्षीय गोनुकुमार राय, कञ्चनकुमारी राय, सुरेन्द्रकुमार सुमन, धीरेन्द्रकुमार राय र ललियादेवी राय छन् । दुर्घटनामा १० वर्षीय आदिमकुमार रायसहित निलुदेवी पौदार र ललनकुमार राय घाइते भएकामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
(रासस)

प्रकाशित समय : १८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु