global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ बाढीपहिरो पीडितको जीवन रक्षा गर्न कांग्रेसको आग्रह

बाढीपहिरो पीडितको जीवन रक्षा गर्न कांग्रेसको आग्रह

बाढीपहिरो पीडितको जीवन रक्षा गर्न कांग्रेसको आग्रह

नेपाली कांग्रेसले बाढीपहिरोबाट पीडित नागरिकको जीवन रक्षा, उद्धार तथा राहत कार्यलाई प्रभावकारी रूपमा तत्काल अघि बढाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले आज जारी गरेको विज्ञप्तिमा प्राकृतिक विपतको घडीमा पीडित परिवारलाई तत्काल खाद्यान्न, लत्ता कपडा, भाँडाकुडा, औषधि र अस्थायी बसोबासको यथाशीघ्र उचित प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको हो ।

नेपाली कांग्रेसले बाढीपहिरोबाट विभिन्न जिल्लाहरुमा ‘डेढ दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको तथा ठूलो संख्यामा मानिसहरु वेपत्ता र विस्थापित हुनका सार्थ कयौं व्यक्तिहरु घाइते भएका छन् ।’ कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हजारौं हेक्टर खेतीयोग्य जमिन डुवानमा परेको, पहिरो र डु्वानका कारण सडक यातायात अवरुद्ध भएको घटनाप्रति नेपाली कांग्रेस सहानुभूति प्रकट गर्दछ ।’

कांग्रेसले विपतको यो समयमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ । पीडितहरुका लागि खाद्यान्न, लत्ताकपडा, औषधि तथा अस्थायी बसोबासको यथाशीघ्र उचित प्रबन्ध गर्नसमेत सरकारसँग आग्रह गरेको छ ।

विज्ञप्तिमार्फत कांग्रेसले बाढी, पहिरो र डुवानका कारण क्षती भएका सडक, विद्यालय पुलपुलेसा लगायत भौतिक पूर्वाधारहरुको यथाशीघ्र पुनःनिर्माण गर्नसमेत सरकारसँग आग्रह गरेको छ । साथै प्रभावित जिललाका आफ्ना नेता, कार्यकर्ता, भातृ एवं शुभेच्छुक संस्थाका सबै निकायहलाई उद्धार, राहत र उचित बसोबासको व्यवस्था मिलाउने कार्यमा सहयोग पुर्याउन निर्देशन दिएको छ ।

प्रकाशित समय : १८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु