global ime bank Long Banner Ad

गृहपृष्ठ कोलम्बियाको शानदार जित, इंग्ल्याण्डको इतिहास र जापानको ड्र

कोलम्बियाको शानदार जित, इंग्ल्याण्डको इतिहास र जापानको ड्र

कोलम्बियाको शानदार जित, इंग्ल्याण्डको इतिहास र जापानको ड्र

रसियामा जारी वल्र्डकप फुटबलमा आइतबार राति सम्पन्न खेलहरुमा इंग्ल्याण्ड र कोलम्बियाले शानदार जित हासिल गरेका छन् । त्यहीँ जापान र सेनेगलले २–२ गोलको बराबरी खेलेका छन् ।

इंग्ल्याण्डले जारी वल्र्डकपमा अहिलेसम्मको ठूलो गोल अन्तरको जित हात पार्यो । त्यतिमात्रै होइन, उसका फर्वाड ह्यारी केन प्रतियोगितामा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका छन् भने उनले कुल ५ गोल गरी ‘गोल्डेन बूट’मा आफ्नो दाबी प्रस्तुत पनि गरेका छन् । यसअघि पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले मात्रै ह्याट्रिक गरेका थिए ।

आइतबार भएको पहिलो खेलमा पानामालाई ६–१ गोल अन्तरको फराकिलो अन्तरले हराएसँगै इंग्ल्याण्डले दोस्रो चरणको ढोका खोलेको छ । मध्यान्तरसम्म इङग्ल्यान्डले पाँच गोल गरिसकेको थियो । इंग्ल्याण्डसँग हारेको पानामा भने समूह चरणबाट घर फर्किएको छ ।

समूह चरणको आफ्नो अन्तिम खेलमा इङग्ल्यान्डले बिहीवार बेल्जियमको सामना गर्नुपर्नेछ । जारी प्रतियोगितामा बेल्जियमको खेल निकै राम्रो भएकाले इङग्ल्यान्डका लागि ऊ निकै कठिन हुन सक्ने बताइन्छ । आइतवार नै भएको अर्को खेलमा कोलम्बियाले पोल्याण्डलाई ३–० ले पराजित गर्यो  । कोलम्बियाको शानदार जितसँगै अन्तिम १६ मा पुग्ने पोल्याण्डको सपना चकनाचुर भएको छ ।

समूह एचको आफ्नो पहिलो खेलमा जापानसँग २–१ ले पराजित भएको कोलम्बियाको खेल आइतवार तुलनात्मक रूपमा सुधारिएको थियो । अर्कोतर्फ आफ्नो शुरूवाती खेलमा सेनेगलसँग पराजित भएको पोल्याण्डले पछिल्लो खेलमा पनि आफ्ना प्रशंसकहरूलाई निराश बनायो । आइतबार नै भएको अर्को खेलमा एसियलाी मुलुक जापानले सेनेगलसँग २–२ गोलको बराबरी खेल्यो ।

 

प्रकाशित समय : १३:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु