global ime bank Long Banner Ad

गृहपृष्ठ म्याराडोना भन्छन्, ‘क्रोएशियासँग हार्ने अर्जेन्टिनीसँग भेट्न चाहान्छु’

म्याराडोना भन्छन्, ‘क्रोएशियासँग हार्ने अर्जेन्टिनीसँग भेट्न चाहान्छु’

म्याराडोना भन्छन्, ‘क्रोएशियासँग हार्ने अर्जेन्टिनीसँग भेट्न चाहान्छु’

विश्वकपमा फितलो प्रदर्शनका कारण चौतर्फी आलोचना खेपिरहेको अर्जेन्टिनी टोलीसँग लिजेण्ड फुटबलर डिएगो म्याराडोनाले भेट्न चाहेको बताएका छन् । अर्जेन्टिनाले समूह चरणको अन्तिम खेलमा नाइजेरियाको सामना गर्नुअघि म्याराडोनाले खेलाडीलाई भेट्न खोजेका हुन् । म्याराडोनाले प्रशिक्षक जर्ज साम्पाओलीको टिमका खेलाडीलाई भेट्न इच्छुक रहेको बताएका छन् । उनले आफ्नो साथमा आफ्ना पुराना साथी खेलाडीलाई पनि लैजाने बताएका छन् ।

टिमको पछिल्लो प्रदर्शनलाई लिएर म्यारोडोनाले चर्को आलोचना गर्दै आएका छन् । उनले प्रशिक्षक साम्पाओलीसँगै फुटबल एसोसिएसनका अध्यक्ष क्लाउडिओ तापिएको पनि आलोचना गरेका छन् ।
भेनेजुएलाको टेलिभिजन तेलेसुरसँगको अन्तर्वार्ताको क्रममा म्याराडोनाले भने, ‘हामी हाम्रो सम्मान बचाउने अभियानमा छौँ ।’ अर्जेन्टिनाको जर्सी लगाएको कोही पनि क्रोएसियाबाट त्यसरी पराजित भएको देख्न सक्ने अवस्थामा नरहेको उनको भनाइ छ । त्यो हार जर्मनी, ब्राजिल, नेदरल्याण्डस वा स्पेनबाट भएको भए स्वभाविक मान्ने उनले बताए । सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप जित्दा म्यराडोनाले गोल्डेन बल जितेका थिए ।

अर्जेन्टिनाले मंगलबार समूह चरणको अन्तिम खेलमा नाइजेरियासँग प्रतिस्पर्धा गर्दैछ । क्रोएसियासँग ३–० ले पराजित भएपछि दुई पटकको विश्व विजेता अर्जेन्टिनालाई अन्तिम १६ मा पुग्ने सम्भावनाका लागि नाइजेरियालाई हराउनु पर्नेछ ।

प्रकाशित समय : १३:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु