global ime bank Long Banner Ad

गृहपृष्ठ टर्की निर्वाचन: राष्ट्रपतिमा फेरि एर्दोआन

टर्की निर्वाचन: राष्ट्रपतिमा फेरि एर्दोआन

टर्की निर्वाचन: राष्ट्रपतिमा फेरि एर्दोआन

टर्कीका राष्ट्रपति रिसेप तायेप एर्दोआन दोस्रो पटक राष्ट्रपति पदका लागि निर्वाचित भएका छन् । त्यहाँको सरकारी मिडियाका अनुसार बढीभन्दा बढी भोटको गणना भइसकेको छ जसमा एर्दोआनले ५३ प्रतिशत मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी मुहर्रम इन्चेले ३१ प्रतिशत मत प्राप्त गरेका छन् ।

टर्कीमा राष्ट्रपति र संसदीय निर्वाचन एकसाथ भएको छ । अन्तिम नतिजा भने शुक्रबार मात्रै घोषणा गरिनेछ । यसअघि एर्दोआनको एके पार्टीको शासकीय गठबन्धनले संसदमा बहुमत सुरक्षित गरेको छ ।

अहिलेसम्म मुख्य विपक्षी पार्टीले आधिकारिक रुपमा हार स्वीकार गरेको छैन । यसअघि विपक्षले बढीभन्दा बढी भोट गणना गर्न बाँकी रहेको र नतिजा जे पनि हुन सक्ने बताएको थियो । राष्ट्रपति एर्दोआनले यसपटक समयभन्दा पहिले नै निर्वाचन गराएका हुन्र । निर्वाचन सम्पन्न भएसँगै अब टर्कीमा नयाँ संविधान लागू हुनेछ जसले एर्दोआनलाई अझ शक्तिशाली बनाउनेछ ।

प्रकाशित समय : १३:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु