काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण’

189
shares

महेन्द्रनगर। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विपद् व्यवस्थापन र जलवायु अनुकूलनका लक्ष्य हासिल गर्न सुदूरपश्चिम प्रदेश सरकार स्थानीय तहहरूसँग हातेमालो गर्दै अघि बढ्न प्रतिबद्ध रहेको बताए।

मङ्गलबार कञ्चनपुरको बेदकोट नगरपालिकामा आयोजित ‘छैटौँ कञ्चनपुर’ सम्मेलनलाई सम्बोधन गर्दै उहाँले नीति, बजेट र प्राविधिक सहयोगमार्फत स्थानीय सरकारहरूको क्षमता अभिवृद्धि गर्न प्रदेश सरकार सधैँ साथमा रहने बताए ।

“विकास निर्माणका कार्यहरूलाई वातावरणमैत्री र विपद्–प्रतिरोधी बनाउन तीनै तहका सरकार, विकास साझेदार संस्था र नागरिक समाजबीचको त्रिकोणात्मक सहकार्यआवश्यक छ ।” मुख्यमन्त्री भट्टले भन्, “विपद् आइसकेपछि राहत र उद्धारमा मात्र केन्द्रित हुनुभन्दा विपद् आउनुअघि नै पूर्वतयारी गर्ने, पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने र समुदायलाई सक्षम बनाउने कार्य आजको प्रमुखआवश्यकताहो ।”

जोखिम न्यूनीकरण र दिगो विकासका लागि वास्तविक पूर्वतयारी प्रत्येक व्यक्तिको घर, परिवार र समुदायबाटै सुरु हुनुपर्नेमा उनको जोड छ ।

“ठूला पूर्वाधार र नीतिगत योजनाको चर्चासँगै समुदायस्तरको सचेतना र पूर्वतयारी अपरिहार्य रहेको छ ।” उनले भने, “विशेषगरी कञ्चनपुर जिल्ला बाढी, डुबान, कटान तथा जलवायु परिवर्तनका असरको उच्च जोखिममा रहेको छ ।”

उनले प्रत्येक वर्ष वर्षायाममा महाकाली, दोदा, बनरा, जोगबुढा लगायतका स्थानीय नदीनालाहरूले पु¥याउने क्षतिले जनजीवन, कृषि र पूर्वाधारलाई प्रभावित पार्दै आएको बताए ।

सङ्घीयताको मर्मअनुसार नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार भएको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले सुरक्षित र उत्थानशील समुदाय निर्माणका लागि कञ्चनपुरका पालिकाहरूले थालेको सामूहिक प्रयास प्रदेशकै लागि अनुकरणीय रहेको बताए ।

सम्मेलनमा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, सुरक्षानिकायका प्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।