गृहपृष्ठ जग्गाको स्वामित्वलाई लिएर झडप, ८६ जनाको मृत्यु

जग्गाको स्वामित्वलाई लिएर झडप, ८६ जनाको मृत्यु

जग्गाको स्वामित्वलाई लिएर झडप, ८६ जनाको मृत्यु

नाइजेरियाको मध्य क्षेत्रमा हिंसा भड्किएको छ । त्यहाँका किसान र गाईवस्तु चराउने गोठालाबीच झडप भएको हो । झडपमा ८६ जनाको मृत्यु भएको नाइजेरियाका सञ्चारमाध्यमले जनाएका छन् । घटनामा ६ जना घाइते भएका छन् । घटनामा ५० वटा घर जलाइएका छन् । यस्तै १५ मोटरसाइकल र दुई गाडी पनि घटनाको क्रममा जलेको प्रहरीले जनाएको छ ।

प्लाटेएउ राज्यमा सुरुमा बेरोम किसान समुदाय र फुलानी गोठाला समुदायबीच विवाद सुरु भएको त्यहाँको प्रहरीले जनाएको छ । त्यसपछि शनिबार हिंसाले उग्र रुप लिएको हो ।

उक्त क्षेत्रमा दशकौँदेखि जमिनको स्वामित्वलाई लिएर जातीय समुदायबीच विवाद तथा झडप हुने गरेको छ । हिंसापछि सरकारले राज्यका तीन क्षेत्रमा कर्फ्यू लगाएको छ ।

प्रकाशित समय : १२:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु