गृहपृष्ठ आँप सेवनले फाइदै फाइदा
आँप सेवनले फाइदै फाइदा
फलको राजा मानिने आँप विश्वभरिमा सबै भन्दा बढी रुचाएको फल हो । गर्मी याममा पाइने आँप नेपालमा जेठ, असार र साउन महिनामा पाईन्छ । आँपलाई हिन्दू धर्मशास्त्रमा अमृत फलको रुपमा समेत लिएको छ । आपमा काँचो वा पाकेको दुबै अबस्थामा औषधीय गुण हुन्छ । आयुर्वेदका अनुसार पनि आँपका पाँचै भाग अर्थात बोक्रा, जरा, पात, फल र फूल सबै उपयोगी छन् ।
आँप सेवनको फाईदा
पाकेको आँप गुलियो, वीर्य बढाउने, पौष्टिक, वायुनाशक, शरीरको कान्ति बढाउने, शीतल, पित्तनाशी, भोक बढाउने मानिन्छ । मुटुलाई बलियो बनाउनुको साथै पित्तलाई नियन्त्रणमा ल्याउनसमेत आँपलाई उपयोगी मानिन्छ । त्यसैगरी भने आँपको रस बल दिने वायुनाशक, मुटुलाई तृप्त गर्ने समेत मानिन्छ । आँपको सेवनले स्तन क्यान्सरबाट बचाउ हुनेसमेत वैज्ञानिकहरुले जनाएका छन् । छाला चाउरी पर्नबाट रोक्नसमेत प्रभावकारी मानिन्छ ।
आँपमा पाइने तत्व
पाकेको आँपमा प्रोटिन, बोसो, खनिज पदार्थ , कार्बोहाइड्रेड, क्याल्सियम, फस्फोरस, फलाम,भिटामिन ए, बि, सीलगाएत हुन्छ । आँप पोषक, शक्तिबद्र्धक र बोसो बढाउने गुणले भरपुर हुन्छ । आँपको मूख्य घटक सर्करा हो, जो विभिन्न फलमा ११ देखि २० प्रतिशतसम्म विद्यमान रहन्छ । आँपमा टार्टरिक र मेलिक अम्लसमेत पाइन्छ । आँपमा बोसो , खनिज पर्दाथ, रेसा, फस्फोरस र फलाम पनि पाइन्छ ।
प्रकाशित समय : ०२:४६ बजे



















