काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो

2.88K
shares

दमौली ।रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँका विभिन्न क्षेत्रमा खोज तथा उद्धारका क्रममा हालसम्म ३१ वटा शव फेला परेका छन् । प्रहरी टोलीले आज देवघाट गाउँपालिका(५ स्थित त्रिशूली नदी किनारबाट तीन वटा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि परिचालित प्रहरी टोलीले आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका विभिन्न स्थानबाट शव फेला पारेको हो । भदौ १० गते नौ, र भदौ ११ गते १९ वटा शव फेला परेका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार तनहुँमा फेला परेका शवमध्ये आठ वटा प्रदेश अस्पताल दमौलीमा राखिएका छन् भने २३ वटा पोखरा पठाइएको छ । फेला परेका शवको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएको प्रनाउ घिमिरेले बताए। बाढीका कारण हराइरहेका व्यक्तिको खोजी तथा उद्धार कार्य शनिबार सञ्चालन गरिने उनले बताए।