गृहपृष्ठ अब पुरूषलाई पनि अारक्षण
अब पुरूषलाई पनि अारक्षण
नेपाली युवाले पनि नर्सिङ अध्ययनको अवसर पाउने भएका छन् । नेपाल नर्सिङ काउन्सिलले आगामी शैक्षिक सत्रदेखि युवालाई पनि नर्सिङ अध्ययनका लागि बाटो खोलिदिएको हो ।
काउन्सिलको असार ५ गते बसेको बैठकले पुरुषका लागि १५ प्रतिशत कोटा छुट्याउने निर्णय गरेको छ । काउन्सिलले शैक्षिक सत्र २०७५/७६ देखि लागू हुनेगरी निर्णय कार्यान्वयनका लागि सबै विश्वविद्यालय, नर्सिङ कलेज, प्रतिष्ठान र व्यावसायिक तालिम परिषदका नर्सिङ अध्ययन संघ–संस्थालाई पत्र पठाएको छ ।
नेपालमा २०५० भन्दाअगाडि चार ब्याच पुरुष नर्स उत्पादन गरी बन्द गरिएको थियो । त्यसबेला ८० जना पुरुष नर्स उत्पादन भएकोमा हाल ७० जना कार्यरत छन् । नर्सहरुको छाता संस्था नेपाल नर्सिङ संघले पनि पुरुषलाई नर्सिङ अध्ययनका लागि कोटा दिन माग गर्दै आएको थियो । नेपालमा पुरुष नर्सिङ अध्ययन सबैभन्दा पहिले २०४६ मा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा सुरु भएको थियो । आईओएमले त्यसबेला १० प्रतिशत पुरुषलाई नर्सिङ अध्ययनको सुविधा दिएको थियो । नेपाल नर्सिङ काउन्सिलको पछिल्लो तथ्यांकअनुसार नेपालमा हाल ८१ हजार १० नर्स दर्ता छन् ।
प्रकाशित समय : ०२:४६ बजे



















