काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कर्णालीलाई आफ्नै हेलिकप्टर आवश्यक छ : मन्त्री बस्नेत

11.91K
shares

वन तथा वातावरणमन्त्री शक्ति वस्नेतले कर्णाली प्रदेशलाई आफ्नै हेलिकप्टर आवश्यक भएको बताएका छन् । त्यसका लागि संघमा छलफल चलिरहेको उनले जानकारी दिए ।

बुधबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री बस्नेतले कर्णाली प्रदेश विकट र सबै ठाउँमा बाटो नपुगेका कारण प्रदेशलाई हेलिकप्टर आवश्यक भएको बताएका हुन् ।

जाजरकोट महोत्सवको उद्घाटन गर्न हिँडेका मन्त्री बस्नेतले बुधबार विहान पत्रकारहरूलाई प्रतिक्रिया दिएका थिए । ‘विभिन्न प्राकृतिक तथा भवितव्य घटना घटेको बेलामा तत्काल उद्दाररको लागि प्रदेश सकरारलाई आफ्नै हेलीकप्टर आवश्यक छ,’ बस्नेतले भने, ‘यसका लागि संघीय सरकारमा पनि छलफल भइरहेको छ ।’

केही दिन अघि कालीकोटको पलातामा भएको आगलागीकामा प्रदेश सरकारसँग हेलिकप्टर नभएको र केन्द्रले पठाउँदा केही ढिला भएको सन्दर्भलाई जोड्दै मन्त्री बस्नेतले नेपाल सरकारसँग पनि पर्याप्त श्रोत-साधनमा नभएको बताए । तर पनि कर्णाली प्रदेश देशकै विकट भएकाले हेलिकप्टर भयो भने जनतालाई विभिन्न प्राकृतिक घटनामा छिटो उद्धार गर्न सकिने बताए ।र

२०७१ सालमा बाढीका कारण विस्थापित भएका सुर्खेतका बाढीपीडितलाई पुनःस्थापित गर्ने कुरामा समेत आफूहरु संवेदनशील भएको मन्त्री बस्नेतले बताए । ‘सुर्खेतका बाढीपीडितका लागि सरकारी जग्गा वा बनक्षेत्रलाई हेरिरहेको छौं । अब छिटै बाढीपीडितहरुले पालमुनीबाट आफ्नै घरमा बस्न पाउने छन् ।’