काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रतिवेदन परिमार्जनका लागि कार्यदल बनाउने प्रचण्डको प्रस्ताव

12.75K
shares

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले स्थायी कमिटी बैठकमा पेश भएको राजनीतिक प्रतिवेदन संशोधन गर्न कार्यदल गठन गर्ने प्रस्ताव राखेका छन् । बुधबार स्थायी कमिटी बैठकमा सदस्यले यसअघि उठाएका प्रश्नको जवाफ दिँदै प्रचण्डले राष्ट्रको आवश्यकता अनुसार प्रतिवेदन परिमार्जनसहित पारित गर्न कार्यदल बनाउने प्रस्ताव राखेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘स्थायी कमिटी सदस्यका विचार, सुझाव र आलोचना सबैलाई ध्यान दिएर अयक्षद्वयको राजनीतिक प्रतिवेदन संशोधन गर्ने, त्यसको बस्तुगत आत्मगत पक्षको बारेमा समावेश गर्दै प्रतिवेदन परिमार्जनका लागि कार्यदल बनाउने प्रस्ताव राख्नु भएको छ’ बैठकपछि श्रेष्ठले भने ।

बैठकमा नेताहरुले गरेको सरकारको आलोचनाका कारण आउँदा दिनमा पार्टी सुद्धिढ र सरकार सफल रुपमा सञ्चालन गर्न सुझाव मिलेको प्रचण्डले बताएका श्रेष्ठले जानकारी दिए ।

आठ दिनसम्म चलेर आइतबारदेखि ब्रेक लागेको बैठक बुधबार पुनः बसेको हो । बुधकारको बैठकमा अध्यक्ष प्रचण्डले मात्र जवाफ दिएका छन् । बिहीबार विहान बस्ने बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनेछन् ।

पार्टी एकताको आठ महीनापछि पहिलोपटक सत्तारूढ नेकपामा गरमागरम राजनीतिक र सांगठनिक बहस भइरहेको छ । बैठक नबोलाइएको भनेर स्थायी समिति सदस्यबाट तीव्र आलोचना खेपेका अध्यक्ष ओली र दाहालले यसपटक मन फुकाएर नेताहरूलाई बोल्न दिएका छन् ।

एकतापछि पहिलोपटक भएको यो स्तरको छलफलले सत्तारूढ पार्टी र त्यसको नेतृत्वसामु धेरै प्रश्न तेर्स्याएको छ । जसको जवाफ अध्यक्षद्धवयले दिन सुरु गरेका हुन् । बैठकमा दुई अध्यक्षविरुद्ध चार शीर्ष नेता उभिएका देखिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टी सञ्चालन एकलौटी ढंगबाट गरेको आरोप लागेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहालले मौन रहेर समर्थन गरेको आरोप चार शीर्ष नेताले लगाएका छन् ।

यी आरोप  माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले लगाएका हुन् । पार्टी र सरकार सञ्चालनमा अध्यक्षद्वयको भूमिका चित्तबुझ्दो नभएको आरोप लगाउँदै उनीहरु फरक कित्तममा देखिएका छन् ।